फर्ष्ट माइक्रोफाइनान्सले १३ प्रतिशत लाभांश दिने
काठमाडौं भदौ १२
फर्ष्ट माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्थाले १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट १३ दशमलव ६८ प्रतिशत अर्थात् १० करोड ९५ लाख ७५ हजार एक सय ३७ रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो । घोषणा गरेको कुल लाभांशमध्येमा नौ दशमलव ५० प्रतिशत अर्थात् सात करोड ६० लाख ७० हजार चार सय ५४ रुपैयाँबराबरको बोनस सेयर र चार दशमलव १८ प्रतिशत अर्थात् तीन करोड ३५ लाख चार हजार छ सय ८३ रुपैयाँबराबरको नगद लाभांश रहेको संस्थाले जानकारी दिएको छ ।
संस्थाले २०७७ असार मसान्तसम्मको सञ्चित मुुनाफामध्येबाट कायम रहेको कुुल चुक्ता पुँजी ८० करोड सात लाख ४० हजार सात सय ४६ रुपैयाँमध्येबाट उक्त अनुुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरण सम्वन्धमा सञ्चालक समितिको बुुधबार बसेको एक सय ६८औं बैंठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारण सभापश्चात् कार्यान्वयनमा आउनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह
- मापदण्डविपरीत गरेका कर्मचारी सरुवा सच्याउन निर्देशन
- विष्णुमती कोरिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो
- महिला खेलाडीको सफलतामा बजेटको अभाव
- भूगर्भमै सीमित बागलुङका तामा खानी
- टीओडी विवरण अविलम्ब रिस्टोर गर
- देशको आन्तरिक अर्थतन्त्र अझै सुस्त
- लक्ष्यअनुरूपको आर्थिक वृद्धिदर हासिल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया