राष्ट्रिय सहकारी बैंकको वार्षिक योजना तथा बजेट निर्माणसम्बन्धी गोष्ठी सम्पन्न
काठमाडौं, भदौ १४
राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको स्तरीकरण कार्यक्रममा सहभागी सहकारी संस्थाहरूका लागि सञ्चालित वार्षिक योजना तथा बजेट तर्जुमासम्बन्धी दुुई दिने भर्चुअल तालिम सम्पन्न गरेको छ । बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमअन्तर्गत केयरमा सहभागी संस्थाका सञ्चालक तथा प्रवन्धकहरूका लागि सचालित तालिममा सहकारी संस्थाहरूको वार्षिक योजना तथा बजेट निर्माण सम्बन्धमा सहजीकरण गरिएको थियो । तालिमका सहभागीहरूले योजना निर्माण तालिमपछि संस्थाको योजना निर्माण र कार्यान्वयनमा सहज हुने बताएका छन् । संस्थाले बनाएका योजनालाई थप प्रभावकारी र व्यवस्थित गराउन तालिम अत्यन्तै सहयोगी भएको सहभागीहरूको भनाइ छ ।
तालिम समापनका क्रममा बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी क्षेत्रलाई प्रभावकारीरूपमा अगाडि बढाउनका लागि संस्थाहरूले योजना बनाएर काम गर्नुपर्ने र त्यसका लागि बैंकले सञ्चालन गरेको तालिम सहयोगी हुने बताए । उनले संस्थाहरू कारोबारका आधारमा नभई योजना, कार्यक्रम र सुशासनका हिसाबले प्रभावकारी हुनुपर्नेमा जोड दिए । तालिम समापनका क्रममा आदर्श सञ्चार सहकारी संस्था बागलुङका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालन हुमा कुमारी जिसी (अञ्जु)ले सहकारीहरूलाई व्यवस्थित गराउनका लागि कोरोनाको संकटका समयमा पनि सहकारी बैंकले प्रविधिको प्रयोग गरेर तालिम सञ्चालन गरेको बताए ।
तालिमको शुभारम्भ गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारी क्षेत्रलाई राज्यका सबै क्षेत्रमा प्रभावकारी भूमिका देखाउनका लागि वित्तीय क्षमतासँगै सुशासन र व्यवस्थापनमा जोड दिए । तालिममा बैंकका प्रशिक्षकहरू नवकुमार अधिकारी र सूर्य रिमालले सहजीकरण गरेका थिए ।
कार्यक्रमको सञ्चालन तालिम अधिकृत नारायण बेलवासेले गरेका थिए । सहकारी बैंकले आफ्ना सदस्य सहकारी संघसंस्थाहरूको क्षमता विकाससँगै संस्थागतरूपमा सुशासनयुक्त बनाउनका लागि स्तरीकरण कार्यक्रम सञ्चालन गरेको छ । स्तरीकरण कार्यक्रमअन्तर्गत दोस्रो चरणको केयर कार्यक्रममा संलग्न ५० वटा सहकारी संस्थाका सञ्चालक र व्यवस्थापक गरी ७० जनाको तालिममा सहभागिता रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया