Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सको ३६ करोड ३९ लाख रुपैयाँको हकप्रद सेयर स्वीकृत

समृद्धि फाइनान्सको ३६ करोड ३९ लाख रुपैयाँको हकप्रद सेयर स्वीकृत


काठमाडौं, भदौ १५
समृद्धि फाइनान्सको ३६ करोड ३९ लाख ६० हजार छ सय रुपैयाँबराबरको हकप्रद सेयर वितरणको प्रस्ताव स्वीकृत भएको छ । नेपाल धितोपत्र बोर्डले फाइनान्सलाई हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३६ लाख ३९ हजार छ सय छ कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि अनुुमति दिएको हो । फाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ ।

फाइनान्सले गत आर्थिक वर्षमा तीन करोड ८३ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा सस्थाको यस्तो नाफा ५४ लाख ९५ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार रुपैयाँ रहेको संस्थाले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा २० करोड ५८ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक करोड ८६ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड नौ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सको वितरणयोग्य नाफा भने दुुई करोड ६६ लाख पाँच हजार रुपैयाँ रहेको छ । यस अवधिमा ८६ दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको फाइनान्समा १० दशमलव ५२ प्रतिशतको स्प्रेड दर रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सले सात करोड ५२ लाख ७४ हजार रुपैयाँ निक्षेप संकलन गरी छ लाख तीन हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ७१ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शत प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x