सिद्धार्थ बैंकको ‘ग्रीन पिन’ प्रविधि सञ्चालनमा
काठमाडौँ, भदौ १६
सिद्धार्थ बैंक लिमिटेडले ग्रीन पिन प्रविधि सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि बैंकिङ सेवा अझ बढी प्रभावकारी एवं वातावरणमैत्री बनाउने उद्देश्यले कार्डको पिन कोड प्राप्त गर्नका लागि ग्रीन पिन सेवा सुचारु गरेकोे हो । बैंकका अनुसार यो सुविधा सञ्चालनपश्चात् बैंकका ग्राहकहरूले डेबिट र क्रेडिट कार्डको ग्रीन पिन सोझै आफ्नो मोबाइल नम्बरमा प्राप्त गरी कार्डको पिन निर्धारण गर्न सक्नेछन् ।
ग्राहकहरूले आफ्नो नयाँ कार्डको पिन सिद्धार्थ बैंकको कुनै पनि एटीएम वा नेप्सको सदस्य रहेका केही बैंकहरूको एटीएमबाट निर्धारण गर्न सक्नेछन् । यसरी पिन निर्धारण गर्न एटीएममा कार्ड राखेपछि ग्राहकहरूलाई बैंकमा रजिष्टर्ड आफ्नो मोबाइल नम्बरमा एसएमएसमार्फत ग्रीन पिन आउनेछ । प्राप्त ग्रीन पिन ग्राहकहरूले एटीएममा राखी आफ्नोे नयाँ पिन नम्बर निर्धारण गर्न सक्नेछन् ।
पिन सफलतापूर्वक परिवर्तन भएपछि, कार्ड सक्रिय हुनेछ र यसपछि ग्राहकहरूले आफ्नो कार्ड एटीएम वा पस मेसिन तथा अनलाइन कारोबारमा सजिलै प्रयोग गर्न सक्नुका साथै अन्य बैंकका एटीएमहरूमा पनि बिनाकुनै अतिरिक्त शुल्क प्रयोग गर्न सक्नेछन् । बैंकले ल्याएको यो सुविधाले ग्राहकहरूलाई सहज सेवा उपलब्ध हुने, कार्ड वितरण र सक्रिय प्रक्रियामा लाग्ने समयको बचत हुने र केही हदसम्म भए पनि कागजको प्रयोग कम गरी वातावरणमैत्री बैंकिङ सेवा उपलब्ध हुने विश्वास बंैकले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया