इन्द्रजात्रामा सानिमा बैंकको क्यूआर कोड यात्राको सौगात
काठमाडौँ, भदौ १६
सानिमा बैंकले इन्द्रजात्राको अवसरमा ‘इन्द्रजात्रा क्यूआर कोडको यात्रा’ योजना सञ्चालनमा ल्याएको छ । योजनाअन्तर्गत बैंकका संस्थागत व्यावसायिक खाता वाहकहरूले काठमाडौँं उपत्यकाको विशेष जात्रा इन्द्रजात्राको दिन डिजिटल कन्ट्याकलेस भुक्तानीको सरल, सुरक्षित माध्यम क्यूआर कोडको लागि आवेदन दिँदा पाँच सय रुपैयाँबराबरको मोबाइल टपअप उपहार स्वरूप प्राप्त गर्न सक्नेछन् ।
यो योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खाता वाहकहरूले घरैबाट रजिष्ट्रेसन गर्न सक्नेछन । बैंकका अनुसार यसका लागि फोन पे मा गई आवश्यक विवरणहरू बुझाइ यो योजनामा सहभागी हुन सक्नेछन । यसैगरी बैंकमा खाता नहुनेहरूले पनि यो योजनामा सहभागी हुनका लागि मार्केटिङ एट सानिमा बैंकमा आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोलेर क्यूआर कोड मर्चेन्ट बन्नको लागि निवेदन पेस गर्नुपर्नेछ ।
यसरी सहभागी भएका क्यूआर मर्चेन्टले बैंकको तर्फबाट पाँच सय रुपैयाँको मोबाइल टपअप प्राप्त गर्नेछन् । यो योजना भदौ १६ गते इन्द्रजात्राको दिन काठमाडौँ उपत्यकाको लागि मात्र लागू हुुने बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया