शाइन रेसुंगाको नाफा बढ्यो
काठमाडौं, भदौ २१
शाइन रेसुुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ४७ करोड ५१ लाख ६३ हजार दुुई रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ४१ करोड ८४ लाख ६० हजार दुुई सय ७२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब एक करोड ६३ लाख ३९ हजार सात सय ४२ रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा ३० अर्ब २० करोड ९१ लाख ५९ हजार दुुई सय ४७ रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ३५ करोड ७० लाख ३७ हजार नौ सय ९४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ३३ करोड आठ लाख १० हजार पाँच सय ५१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैकमा एक दशमलव १० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवमा चार दशमलव ९८ प्रतिशतको स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ३३ करोड २२ लाख ४६ हजार ८२ रुपैयाँ मात्र रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १८ अर्ब ८५ करोड १५ हजार सात सय ६६ रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ८८ करोड ३७ लाख ९२ हजार तीन सय ८८ रुपैयाँ कर्जा प्रवाह गरेको बैंकको खुद ब्याज आम्दानी ९१ करोड दुुई लाख ६३ हजार एक सय ८६ रुपैयाँ रहेको थियो । उक्त अवधिमा शून्य दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको बैंकमा पाँच दशमलव ४८ प्रतिशतको स्प्रेड दर रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया