श्री इन्भेष्टमेन्ट फाइनान्सको चौथो त्रैमासिक नाफा ११ करोड ३७ लाख
काठमाडौं, भदौ २१
श्री इन्भेष्टमेन्ट फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ११ करोड ३७ लाख ५४ हजार सात सय २६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा १२ करोड ९९ लाख २६ हजार दुुई सय ६९ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८२ करोड ९० लाख ३५ हजार रुपैयाँ रहेको फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा चार अर्ब ८५ करोड ९२ लाख २१ हजार तीन सय ४९ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ४३ करोड ९४ लाख २५ हजार तीन सय आठ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा २६ करोड ४३ लाख ७२ हजार एक सय आठ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा चार दशमलव छ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको बितरणयोग्य नाफा सात करोड ३२ लाख ९५ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले चार अर्ब ३१ करोड ५२ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब नौ करोड २५ लाख ५८ हजार तीन सय ३९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २५ करोड ९५ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा निष्क्रिय कर्जाको अनुुपात शून्य दशमलव १६ प्रतिशत रहेको छ भने स्प्रेड दर चार दशमलव ९० प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया