ज्योति विकास बैंकले कमायो ४० करोड ८८ लाख
काठमाडौं, भदौ २१
ज्योति विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ४० करोड ८८ लाख १० हजार चार सय ३२ रूपैैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ५३ करोड १३ लाख ४१ हजार पाँच सय ५३ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब ४९ करोड ५२ लाख ९३ हजार चार सय ३८ रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा ३६ अर्ब ४० करोड ७२ लाख चार हजार पाँच सय आठ रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ५७ करोड ४१ लाख १९ हजार दुुई सय ३१ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब ३९ करोड ६० लाख दुुई सय १२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ५० प्रतिशत रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने १४ करोड ९५ लाख १३ हजार पाँच सय ४४ रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले २५ अर्ब ९९ करोड ५२ लाख सात सय रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ७७ करोड ४२ लाख १४ हजार पाँच सय ५३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब २९ करोड ४३ लाख ८१ हजार पाँच सय ९५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९० प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया