Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारशाइन रेसुंगाको १५ प्रतिशत बोनस सूचीकृत

शाइन रेसुंगाको १५ प्रतिशत बोनस सूचीकृत


काठमाडौँ, भदौ २२
शाइन रेसुंगा डेभलपमेन्ट बैकको १५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा नियमित कारोबारको लागि सूचीकृत भएको छ । नेप्सेका अनुसार आईतबार बैंकको उक्त अनुपातमा ३९ लाख ३४ हजार तीन सय ५६ दशमलव १९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

पछिल्लो पटक प्रतिकित्ता दुुई सय ४१ रुपैयाँमा सेयर कारोबार भएको बैंकको बजार पुँजीकरण सात अर्ब २६ करोड ९३ लाख ७८ हजार नौ सय १८ रुपैयाँ पुुगेको छ । नेप्सेमा भने बैंकको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको तीन अर्ब एक करोड ६३ लाख ३९ हजार आठ सय रुपैयाँबराबरको तीन करोड एक लाख ६३ हजार तीन सय ९८ कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x