सांग्रिला डेभलपमेन्ट बैंकले कमायो १८ करोड ३९ लाख
काठमाडौं, भदौ २३
सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा १८ करोड ३९ लाख ४५ हजार ९२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ३४ करोड १८ लाख १९ हजार तीन सय ५१ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी दुई अर्ब ६० करोड ६६ लाख ४० हजार चार सय रुपैयाँ रहेको बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा २८ अर्ब १३ करोड २६ लाख २२ हजार नौ सय ५८ रुपैयाँ निक्षेय संकलन गरी २२ अर्ब ९६ करोड ७८ लाख ४५ हजार चार सय रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब पाँच करोड १३ लाख पाँच हजार ४३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकका एक दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
यसअवधिमा वितरणयोग्य नाफा आठ करोड ५८ लाख १६ हजार नौ सय रुपैयाँ रहेको बैंकको स्प्रेड दर भने चार दशमलव ५७ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १९ अर्ब ४२ करोड ३८ लाख ३३ हजार चार सय ४८ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब छ करोड ५७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ९९ करोड ३६ लाख नौ सय ७५ रुपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकका शून्य दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो स्प्रेड दर चार दशमलव ९२ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
- उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया