आरएमडीसी लघुवित्तले २० प्रतिशत लाभांश दिने
काठमाडौं, भदौ २३
आरएमडिसी लघुुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले बोनस तथा नगद लाभांशको करसहित २० प्रतिशत अर्थात् १७ करोड ९८ लाख ६४ हजार छ सय ८५ रुपैयाँ लाभांश वितरण गर्नेे घोषणा गरेको हो ।
संस्थाको सोमबार बसेको सञ्चालक समितिको तीन सय ४६औं बैठकले हाल कायम रहेको चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार चार सय २५ रुपैयाँमध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । घोषणा गरिएको कुुल लाभांशमध्येमा १५ प्रतिशत अर्थात् १३ करोड ४८ लाख ९८ हजार पाँच सय १३ रुपैयाँबराबरको बोनस सेयर र पाँच प्रतिशत अर्थात् चार करोड ४९ लाख ६६ हजार एक सय ७१ रुपैयाँ नगद लाभांश रहेको छ ।
लाभांश वितरण सम्बन्धमा सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया