Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजनरल इन्स्योरेन्सलाई ३० करोड रुपैयाँको साधारण सेयरको अनुमति

जनरल इन्स्योरेन्सलाई ३० करोड रुपैयाँको साधारण सेयरको अनुमति


काठमाडौं, भदौ २६
नेपाल धितोपत्र बोर्डले जनरल इन्स्योरेन्स कम्पनीलाई ३० करोड रुपैयाँबराबरको साधारण सेयर जारी अनुुमति दिएको छ । बोर्डका अनुसार उक्त कम्पनीलाई एक सय रुपैयाँ अ्रंकित मूल्य कायम रहनेगरी ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता साधारण सेयर निष्काशन गर्नको लागि अनुुमति दिएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा भने एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीमा संस्थापक सेयरधनी समूहको ७० प्रतिशत अर्थात् ७० करोड रुपैयाँ लगानी रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुुग्नेछ । हाल चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको कम्पनीले गत आर्थिक वर्षको चौंथो त्रैमासिक अवधिमा पाँच छ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा तीन करोड ६२ लाख रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x