नबिल बैंकले साइकल खरिदको लागि कर्जा दिने
काठमाडौं, भदौ २६
नबिल बैंकले साइकल खरिदको लागि कर्जा दिने भएको छ । बैंकका अनुसार पछिल्लो समय व्यायाम हलहरू बन्द भएको र मान्छेहरू आफ्नो स्वास्थ्यप्रति धेरै चेतनशील भएको कारण यो योजना ल्याइएको हो । यो योजनाको लागि ग्राहकले बैंकबाट क्रेडिट कार्ड अनिवार्य लिएको हुनुपर्ने जानकारी समेत बैंकले दिएको छ ।
यो योजनाअन्तर्गत ग्राहकले दुई लाखसम्मका साइकल खरिद गर्दा डाउन पेमेन्ट गर्नुपर्नेछैन र ब्याज पनि लाग्ने छैन । दुुई लाखभन्दा महंगो साइकल खरिद गरेको खण्डमा दुुई लाखभन्दा जति धेरै हुन्छ त्यति डाउन पेमेन्ट गरेर खरिद गर्न सक्ने जानाकारी पनि बैंकले दिएको छ ।
बैंकका अनुसार यो योजनामा साइकलको मूल्यलाई १८ महिनामा भाग लगाएर सोहीअनुसार मासिक किस्ता तिर्न सकिनेछ । यो कर्जा योजनाको लागि बैंकले पानीपोखरीस्थित काठमाडौँं बाइक स्टेसन र पोखराको चालिसे एण्ड सन्ससँग सम्झौता गरेको छ । योजनाले साइकल किन्न चाहाने तर एकै पटक पैसा तिर्न अप्ठ्यारो हुनेहरूलाई सहज हुने विश्वास समेत बैंकले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया