Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनारायणी डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा

नारायणी डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा


काठमाडौं, भदौ २८
नारायणी डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही असोज १६ गते चितवनस्थित स्टार बैंकेटमा १८औं वार्षिक साधारणसभा गर्न लागेको हो । हाल चुक्ता पुँजी छ करोड ५६ लाख १६ हजार नौ सय रुपैयाँ रहेको बैंकले उक्त सभामार्फत पुँजी वृद्धिको लागि एकबराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

बैंकका अनुसार हकप्रद सेयरको बिक्रीपश्चात् चुक्ता पुँजी १३ करोड १२ लाख ३३ हजार आठ सय रुपैयाँ पुुग्ने छ । राष्ट्र बैंकको निर्देशनअनुसार जिल्लास्तरीय बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ हुुनुुपर्नेछ । यसको लागि बैंकले उक्त सभामार्फत अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x