प्रुडेन्सीयल इन्स्योरेन्सको वार्षिक साधारणसभा
काठमाडौं, भदौ २८
प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले शुुक्रबार बारा जिल्लामा आफ्नो १८औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवणकुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
सभाबाट कम्पनीको संस्थापक समूह ‘क’अन्तर्गत चार जना सञ्चालकहरूको निर्वाचन सम्पन्न गरेको छ । निर्वाचनबाट सञ्चालक विशाल अग्रवाल, अमित अग्रवाल र अर्पित अग्रवाल र विवेक विजुक्छे निर्विरोध निर्वाचित भएका छन् । सञ्चालकहरूलाई निर्वाचन अधिकृत विजयलाल ठाकुरले पद तथा गोपनीयताको सपथ ग्रहण समेत गराएको कम्पनीले जानकारी दिएको छ ।
सभाले कम्पनीको २० प्रतिशत संस्थापक सेयर साधारणा सेयरमा रूपान्तरण गर्ने समेतको प्रस्ताव पारित गरेको छ । यसअघि ८० प्रतिशत संस्थापक सेयर र २० प्रतिशत सााधरण सेयर रहेकोमा सेयर रूपान्तरण संस्थापक तथा साधारण सेयरधनी समूहको अनुपात क्रमशः ६० र ४० प्रतिशत हुुनेछ ।
हाल चुक्ता पुँजी एक अर्ब दुुई करोड नौ लाख ६९ हजार रुपैयाँ रहेको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा १४ करोड १५ लाख ५८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १४ करोड लाख ४१ हजार रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया