नेप्सेको व्यवस्थापन प्रणालीमा समस्या दोहोरियो
काठमाडौं, भदौ २९
साताको पहिलो कारोबार दिन आइतबार पनि नेप्सेको व्यवस्थापन प्रणालीमा समस्या आएको छ । सो कारण यसदिन पनि नेप्से निर्धारित समयभन्दा झण्डै तीन घण्टा अर्थात २ः१५ बजे खुुलेर साँझ ५ः१५ बजे बन्द भएको थियो । तर यति हुँदा पनि यसदिन बजार परिसूचक एवं कारोबार रकम दुुवैले छलाङ मारेको छ ।
यसदिन बजार परिसूचक १६ दशमलव ५६ अंकले उकालो लागेर १५ सय ३७ दशमलव २५ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव ५९ अंकले उकालो लागेर तीन सय तीन दशमलव ९७ अंकमा चढेको छ । यसदिन कुल एक सय ९१ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार ३९ हजार आठ सय १४ वटा कारोबारमा ७२ लाख पाँच हजार छ सय ४३ कित्ता सेयर खरिदबिक्री हुँदा कुुल कारोबार रकम तीन अर्ब ३८ करोड ६८ लाख ५९ हजार नौ सय ७२ रुपैयाँ पुगेको छ ।
यसदिन नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये तीनवटा समूहको सूचक ओरालो लागेका छन् भने बाँकी समूहको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव ५५ अंकले उकालो लागेर १२ सय १३ दशमलव ९४ अंकमा चढेको छ भने विकास बैंक समूहको सूचक पनि एक दशमलव ३६ अंकले उकालो लागेर १७ सय ६३ दशमलव ४१ अंकमा चढेको छ । जलविद्युुत् समूहको सूचक पनि ४० दशमलव ४५ अंकले उकालो लागेर ११ सय ४३ दशमलव ८३ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि नौ दशमलव एक अंकले उकालो लागेर २६ सय १६ दशमलव ५२ अंकमा चढेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि तीन सय २० दशमलव ७६ अंकले उकालो लागेर आठ हजार तीन सय ५८ दशमलव ९४ अंकमा पुगेको छ भने जीवन बीमा समूहको सूचक पनि दुुई सय ८३ दशमलव ८८ अंकले उकालो लागेर नौ हजार आठ सय १९ दशमलव ९२ अंकमा चढेको छ । यीबाहेक होटल, उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः ५७ दशमलव ९६, १७ दशमलव आठ र शून्य दशमलव ८७ अंकले उकालो लागेका छन् । टे«डिङ, फाइनान्स र सामूहिक लगानी कोष समूहको सूचक भने क्रमशः २९ दशमलव २२, दुुई दशमलव ९४ र शून्य दशमलव शून्य आठ अंकले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचकमा पहिलो स्थानमा परेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य नौ रुपैयाँ ९८ पैसाले बढेर चार सय ५२ रुपैयाँमा किनबेच छ । दोस्रो स्थानमा परेको नेरुडे लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ९५ पैसाले बढेर नौ सय ७२ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, राधी जलविद्युुत् कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीको सूचकमा पहिलो स्थानमा परेको नबिल व्यालेन्स फण्ड २ को प्रतियुनिट सेयर मूल्य नौ रुपैयाँ २७ पैसाले घटेको छ । दोस्रो स्थानमा परेको दिव्येश्वरी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि पाँच रुपैयाँ १७ पैसाले घटेर ५५ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नागरिक लगानी कोष, सेन्ट्रल फाइनान्सको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता प्रतिकित्ता आठ सय ९८ रुपैयाँ अन्तिम मूल्यमा २४ करोड १५ लाख २९ हजार पाँच सय आठ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १४ सय २३ रुपैयाँ अन्तिम मूल्यमा १९ करोड १४ लाख २४ जार सात सय ७७ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नागरिक लगानी कोष, शिवम् सिमेन्ट आदिको पनि बढी रकम कारोबार भएका छन् ।
नेप्सेको नियमित कारोबार कक्ष साँझ ५ः१५ बजेसम्म खुला रहेको थियो । नेप्सेको व्यवस्थापन प्रणालीमा समस्या आउँदा सेयर कारोबार अवरुद्ध भएको थियो । व्यवस्थापन प्रणालीमा देखिएको समस्या समाधान भएपश्चात् अपरान्ह २ः१५ बजेदेखि नेप्से खुुला भएकाले साँझ ५ः१५ बजेसम्म चलेको हो । यसदिन नेप्सेको व्यवस्थापन प्रणाली (टीएमएस)मा समस्या देखिएको भन्दै कारोबार खुुलेको केही समयमा नै नेप्से बन्द भएको थियो । सोपश्चात् उक्त समस्या समाधान भएपछि अपरान्ह २ः१५ बजेबाट नेप्सेको नियमित सेयर कारोबार खुला भएको थियो । सोपश्चात् नेप्से साँझ ५ः१५ बजेसम्म खुला रहेको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया