Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसूचक उकालो लाग्यो

सेयर बजार परिसूचक उकालो लाग्यो


काठमाडौं, असोज १
सेयर बजार परिसूचक उकालो लागेको छ । अघिल्लो दिन चार दशमलव ४७ अंकले ओरालो लागेको बजार परिसूचक साताको चौथो कारोबार दिन बुुधबार पाँच दशमलव ३६ अंकले उकालो लागेर १५ सय ४१ दशमलव ४० अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन शून्य दशमलव ८३ अंकले उकालो लागेर तीन सय पाँच दशमलव ४८ अंकमा चढेको छ । यसदिन कुुल एक सय ९४ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार ३० हजार पाँच सय ९० वटा कारोबारमा ६३ लाख ९० हजार ८३ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ८४ करो ५६ लाख ३४ हजार ३० रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव ५८ अंकले ओरालो लागेर १२ सय २१ दशमलव ३१ अंकमा झरेको छ भने बाँकी समूहको सूचक उकालो लागेका छन् । तीमध्ये पनि विकास बैंक समूहको सूचक दुुई दशमलव आठ अंकले उकालो लागेर १७ सय ७१ दशमलव ९१ अंकमा चढेकोमा जलविद्युत् समूहको सूचक ५४ दशमलव नौ अंकले उकालो लागेर १२ सय एक दशमलव ६७ अंकमा चढेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ४२ दशमलव ३७ अंकले उकालो लागेर आठ हजार एक सय ४७ दशमलव ८८ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक ७२ दशमलव १४ अंकले उकालो लागेर नौ हजार आठ सय ३० दशमलव सात अंकमा चढेको छ । यीबाहेक टे«डिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः २० दशमलव ९३, एक सय ४२ दशमलव ८१, एक दशमलव १३, एक दशमलव ४८, चार दशमलव ८७ र शून्य दशमलव शून्य छ अंकले उकालो लागेका छन् ।

यसदिन बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर एक सय ३२ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले नै बढेर ८८ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक सिनर्जी पावर लिमिटेड, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको एनआईसी एसिया ब्यालेन्स फण्डको सेयर मूल्य तीन दशमलव ८७ प्रतिशतले घटेर नौ रुपैयाँ ४५ पैसामा किनबेच भएको छ । दोस्रो स्थानमा परेको लक्ष्मी इक्विटी फण्डको प्रतियुनिट सेयर मूल्य पनि तीन दशमलव ७१ प्रतिशतले घटेर आठ रुपैयाँ ५६ पैसामा किनबेच भएको छ । यीबाहेक राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर, लक्ष्मी उन्नति कोष, प्रोग्रेसिभ फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता आठ सय ८२ रुपैयाँमा नौ करोड ५२ लाख ४२ हजार पाँच सय ९६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १४ सय एक रुपैयाँ अन्तिम मूल्यमा छ करोड ४६ लाख छ हजार नौ सय ४२ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नागरिक लगानी कोष, अपी पावर लिमिटेड आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया