मिथिला लघुुवित्तको बोनस सेयर सूचीकृत
काठमाडौं, असोज १
मिथिला लघुुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार साताको दोस्रो कारोबार दिन एक लाख ५८ हजार सात सय ९२ दशमलव ४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
पछिल्लो पटक संस्थाको प्रतिकित्ता आठ सय १५ रुपैयाँमा सेयर कारोबार भएको छ । बजार पुँजीकरण ९९ करोड २१ लाख ८१ हजार रुपैयाँ रहेको संस्थाको नेप्सेमा भने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको १२ करोड १७ लाख ४० हजार रुपैयाँबराबरको १२ लाख १७ हजार चार सय कित्ता सेयर सूचीकृत भएको छ । संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा दुुई करोड ३५ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ९१ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोड ५८ लाख ६१ हजार रुपैयाँ रहेको संस्थाले गत आवको चौथौ त्रैमासिक अवधिमा ३५ करोड ९६ लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २१ करोड २३ लाख ३७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड ६५ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५० लाख २४ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५९ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले २४ करोड ९४ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी ९४ करोड ८२ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ८७ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७६ लाख १८ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ३३ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
- लक्ष्मी सनराइज बैंकको गल्फ प्रतियोगिता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया