Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंक र लिसंखु पाखर गाउँपालिकाबीच सम्झौता

नेपाल बैंक र लिसंखु पाखर गाउँपालिकाबीच सम्झौता


काठमाडौं, असोज १
नेपाल बैंक लिमिटेड र लिसंखुु पाखर गाउँपालिकाबीच सम्झौता भएको छ । बैंकका अनुसार सिन्धुपाल्चोक जिल्लास्थित लिसंखु पाखर गाउँपालिकाबीच उक्त गाउँपालिकाद्वारा सञ्चालन गर्न लागेको अध्यक्ष उद्यमशीलता विकास कार्यक्रममा सहकार्य गर्ने सम्झौतामा बैंकले हस्ताक्षर गरेको हो ।

गाउँपालिकाले सञ्चालन गर्न लागेको ‘अध्यक्ष उद्यमशीलता विकास कार्यक्रम’ले गाउँपालिकावासीहरूलाई व्यावसायिक कृषि, तथा पशुपन्छीमा आधारित उद्यम व्यवसाय, वन (जडीबुटी, वनपैदावार)मा आधारित उद्यम व्यवसाय, पर्यटन प्रवर्द्धनमा आधारित उद्यम व्यवसाय, उत्पादनमूलक उद्यम व्यवसाय, निर्माणमा आधारित उद्यम व्यवसाय, सेवामुलक उद्यम व्यवसायलगायतका अन्य पहिचान गरिएका क्षेत्रहरूमा वैदेशिक रोजगारीबाट फर्किएका तथा गाउँपालिकामै रहेका बेरोजगार नागरिकहरूलाई उद्यम व्यवसायमा आकर्षित गर्न, पालिकावासीहरूलाई स्वरोजगार, व्यावसायिक एवं उद्यमी बनाउन, आवश्यक दक्ष जनशक्ति तयार गर्न, तथा उद्यमशीलता विकासका लागि आवश्यक सहयोग प्रदान खगरी गाँउपालिकाको विषेशतामा आधारित लघु, घरेलु, साना एवं मझौला व्यवसायहरूको विकास एवं प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

गाउँपालिकाको अध्यक्ष उद्यमशीलता विकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशील बन्न चाहने गाउँवासी एवं सहुलियतपूर्ण कर्जामा उद्यम व्यवसायका लागि ब्याज अनुदान कार्यविधि २०७७ अन्तर्गत योग्यता पुगेका उद्यमीहरूलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्द्धन गर्न, विदेशबाट फर्केका युवाहरूको विदेशमा आर्जन गरेको सीप र व्यावसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण गरी व्यावसायिकता अभिवृद्धि गर्न, जनजाति, सीमान्तकृत, अपाङ्गता तथा विपन्न वर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदान गरी उद्यमशीलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले लिसंखु पाखर गाउँपालिका र नेपाल बैंकबीच उक्त सम्झौता भएको हो ।

गाउँपालिकाद्वारा एक कोष खडा गरी नेपाल बैंक लि. पाँचखाल शाखामा ग्यारेण्टीको रूपमा रकम जम्मा गर्दै जाने, बैंकद्वारा छनौट भएका उद्यमी एवं व्यवसायीहरूलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने र उक्त कर्जा समयमा चुक्ता गराउन गाउँपालिकाद्वारा सहयोग गर्नेछ ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा लिसंखु पाखर गाउँपालिकाको तर्फबाट उक्त गाउँपालिकाका अध्यक्ष कमलप्रसाद नेपालवाट हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा लिसंखु पाखर गाउँपालिकाका उपाध्यक्ष हेमगंगा मोक्तान, प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलाल, नेपालका निमित्त नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त, बैंकका वाग्मती प्रादेशिक कार्यालयका प्रमुख सुन्दर पन्थी, पाँचखाल शाखाका शाखा प्रबन्धक मुरारी कोइरालालगायतको उपस्थिति रहेको थियो ।

नेपालकै फ्ल्यागशीप बैंकको रूपमा रहेको नेपाल बैंकले हाल एक सय ८९ वटा शाखाहरू, एक सय २५ वटा एटीएम तथा २९ वटा एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ । बैंकले चालू आर्थिक वर्षभित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या दुुई सय १४ पु¥याउने लिएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया