सानिमा बैंकको नयाँ शाखा ताप्लेजुङ र कोहलपुरमा
काठमाडौँ ।
सानिमा बैंक लिमिटेडले ताप्लेजुङ र कोहलपुरमा आफ्नो ८१औं र ८२आंैं शाखा कार्यालय स्थापना गरीे बैंकिङ सेवा विस्तार गरेको छ । ताप्लेजुङ जिल्ला, फुङलिङ नगरपालिका–५ स्थित ताप्लेजुङ शाखाको समुद्घाटन फुङलिङ नगरपालिकाका मेयर क्षेत्रपति प्याकुरेल र ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी जरेन्द्र चापागाईंले संयुक्तरूपमा गरेका हुुन् ।
यसैगरी बाँके जिल्ला, कोहलपुर नगरपालिका–११ एनटीभी रोडस्थित कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर राउत र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले संयुक्तरूपमा गरेका हुुन् । यी शाखाहरू सञ्चालनमा आएसँगै सो क्षेत्रका बासिन्दाहरूलाई गुणस्तरीय बैंकिङ सेवामा सहज पहुँच हुने विश्वास बैंकले लिएको छ । सानिमा बैंकले हाल ८२ वटा शाखा कार्यालय, १५ विस्तारित काउन्टर र ८१ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तीन हजार बढी विद्यार्थीलाई विद्युतीय चुलो वितरण
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
- राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया