बजार परिसूचक १५ सय ७२ विन्दुमा
काठमाडौं ।
यस साता सेयर बजार परिसूचक १५ सय ७२ दशमलव १८ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय १२ दशमलव ५ अंकमा पुुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय दुुईवटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार एक लाख ९७ हजार दुई सय ४४ वटा कारोबारमा चार करोड १३ लाख ७२ हजार दुई सय तीन कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम १३ अर्ब ९७ करोड तीन लाख ९३ हजार एक सय ४९ रुपैयाँ पुगेको छ । कारोबार रकम गत साताको तुलनामा बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय तीन कम्पनीहरूको कारोबार भएका थिए । जसअनुुसार एक लाख ४४ हजार सात सय ९८ वटा कारोबारमा दुई करोड १८ लाख ७३ हजार एक सय ६५ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ११ अर्ब ५२ करोड २६ लाख ६३ हजार नौ सय ९४ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । सोमध्ये तेस्रो दिन बजार परिसूचक ओरालो लागेको थियो भने बाँकी दिनहरूमा बजार परिसूचक उकालो लागेको थियो ।
जसमध्ये पहिलो दिन बजार परिसूचक १६ दशमलव ५६ अंकले उकालो लागेर १५ सय ३७ दशमलव २५ अंकमा चढेको थियो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५९ अंकले उकालो लागेर तीन सय तीन दशमलव ९७ अंकमा चढेको थियो । दोस्रो दिन पनि बजार परिसूचक तीन दशमलव २६ अंकले उकालो लागेर १५ सय ४० दशमलव ५१ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २८ अंकले उकालो लागेर तीन सय छ दशमलव २४ अंकमा चढेको थियो ।
तेस्रो दिन भने बजार परिसूचक चार दशमलव ४७ अंकले ओरालो लागेर १५ सय ३६ दशमलव तीन अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५९ अंकले ओरालो लागेर तीन सय चार दशमलव ६५ अंकमा पुुगेको छ । चौथो दिन परिसूचक पाँच दशमलव ३६ अंकले उकालो लागेर १५ सय ४१ दशमलव ४० अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शन्य दशमलव ८३ अंकले उकालो लागेर तीन सय पाँच दशमलव ४८ अंकमा चढेकोे थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक ३० दशमलव ७८ अंकले उकालो लागेर १५ सय ७२ दशमलव १८ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव दुई अंकले उकालो लागेर तीन सय १२ दशमलव ५० अंकमा चढेको थियो ।
यस साता नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल बैंक आदिको बढी रकम कारोबार भएका छन् । कारोबार भएको सेयर संख्याका आधारमा भने यस साता नेपाल बैंक, अरुण कावेली लिमिटेड, अरुण भ्याली हाइड्रोपावर लिमिटेड आदि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् । सेयर सूचीकरणतर्फ भने यस साता लक्ष्मी उन्नति कोष र मिथिला लघुुवित्त वित्तीय संस्थाको साधारण तथा बोनस सेयर सूचीकृत भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया