माछापुच्छ्रे बैंक र भारतको ओम एक्सप्रेस पेमेन्टबीच रेमिट्यान्स सम्झौता
काठमाडौँ ।
माछापुच्छ्रे बैंक लिमिटेड र भारतस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजबीच सम्झौता भएको छ । बैंकका अनुसार रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन सहजहोस् भन्ने उद्देश्यले उक्त कम्पनीसँग रेमिट्यान्स सम्झौता गरिएको हो ।
सम्झौतापश्चात् भारतमा रहेका नेपालीहरूले त्यहाँस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरी भारतका जुनसुकै स्थानबाट नेपालमा सहजरूपमा पैसा पठाउन सक्नेछन् । यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रेका एक सय ५९ शाखा कार्यालयहरू तथा १० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत प्रापकले सहजरूपमा प्राप्त गर्न सक्नेछन् । ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सहकार्य गरी माछापुच्छ्रे रेमिट्यान्समार्फत नेपालमा पैसा पठाउँदा कम सेवा शुल्क लाग्नेछ ।
स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रेले पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना एक सय ५९ वटा शाखाहरू, एक सय ३३ शाखारहित बैकिङ सेवा र पाँचवटा एक्सटेन्स काउन्टर समेत गरी जम्मा दुुई सय ९२ स्थानमा रहेका सेवा सञ्जाल तथा एक सय ९९ वटा एटीएमहरू तथा एक हजारभन्दा बढी पीओएसमार्फत ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया