महालक्ष्मी विकास बैंकद्वारा सेतो छडी हस्तान्तरण
काठमाडौं, पुस १०
महालक्ष्मी विकास बैंकले सेतो छडी हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरूबाट विभिन्न कार्यक्रमहरू गर्दै आइरहेकोमा थापाथली शाखाले देशको विभिन्न स्थानमा रहेका दृष्टिविहीन बालबालिका तथा युवाहरूको हक अधिकार सुनिश्चित गरी उनिहरूको वृत्तिविकासमा टेवा पु¥याउँदै अन्य व्यक्ति सरह जीवनयापन गर्न सक्षम बनाउने उद्देश्यले स्थापित दृष्टिविहीन सहयोग केन्द्र नेपाललाई एक सय थान सेतो छडी हस्तान्तरण गरेको हो । दृष्टिविहीनलाई दैनिक क्रियाकलापका साथै हिँडडुल गर्न सहजहोस भन्ने हेतुले बैंकले सेतो छडी प्रदान गरेको हो । बैंकले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
- तेस्रो पटक पनि राष्ट्रपति बन्ने ट्रम्पको इच्छा
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया