Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाउन्टेन इनर्जीको १९ करोड ६८ लाख रुपैयाँको साधारण सेयर बजारमा

माउन्टेन इनर्जीको १९ करोड ६८ लाख रुपैयाँको साधारण सेयर बजारमा


काठमाडौं ।
माउन्टेन इनर्जी नेपाल लिमिटेडको १९ करोड ६८ लाख २७ कित्ता साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले यसअघि लकडाउनका कारण स्थगित भएको साधारण सेयरको यही भदौ ३१ गतेबाट बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् नुुवाकोट र म्याग्दीका स्थानीयवासीहरूको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी १९ लाख ६८ हजार २७ कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा असोज १४ गते र ढिलोमा असोज २९ गते बन्द हुुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया