मेगा बैंकद्वारा १८ लाख कित्ता सेयर बिक्री खुला
काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले १८ लाख कित्ता सेयरको बिक्री खुला गरेको छ । बैंकले बोलकवोलमार्फत सेयर बिक्री गर्न गोप्य सिलबन्दी आह्वान गरेको हो । बैंकका अनुसार संस्थापक समूहतर्फको ११ लाख ३३ हजार तीन सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहतर्फको सात लाख सात हजार तीन सय ९४ दशमलव ९३ कित्ता गरी १८ लाख ४० हजार सात सय ३९ दशमलव ६३ कित्ता सेयर गोप्य सिलबन्दी बोलपत्रबाट बिक्री गर्न लागिएको हो ।
सर्वसाधारणहरूले असोज १८ गतेभित्र आफूले खरिद गर्न चाहेको प्रतिकित्ता सेयर र दररेट खुलाई गोप्य सिलबन्दीमार्फत आवेदन दिन सक्नेछन् । त्यसका लागि न्यूनतम एक सय रुपैयाँ र त्यसभन्दा बढी कतिमा सेयर खरिद गर्न चाहेको हो स्पष्ट खुलाई बोलकबोल आवेदन दिनुपर्ने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार उपत्यकाभित्र मेगाको कमलादीस्थित मुख्य कार्यालय, नयाँ बानेश्वर चोक, ठमेल, न्यूरोड (पिपलबोट), ज्ञानेश्वर, चाबहिल, बौद्ध, कलंकी, गोंगबु, महाराजगञ्ज, मैतीदेवी, जावलाखेल, पुरानो ठिमी र सूर्यविनायक शाखाबाट सर्वसाधारणहरूले सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
यसैगरी, काठमाडौँं उपत्यकाबाहिर धनगढी, बिरेन्द्रनगर, नेपालगञ्ज, तुल्सीपुर, भैरहवा, बुटवल, अर्घाखाँची, तम्घास, तानसेन, नारायणगढ, पोखराको सभागृह चोक र चिप्लेढुंगा, हेटौंडा, वीरगञ्ज, सिन्धुली, जनकपुर, धरान, विराटनगर र विर्तामोड शाखाबाट सेयर खरिदका लागि आवेदन दिने व्यवस्था मिलाइएको छ । यसैगरी, अनलाइनबाट फारम लिई सेयर आवेदन गर्न इच्छुक आवेदनकर्ताहरूले मेगा बैंक वा मेगा क्यापिटल मार्केटस लिमिटेडबाट छाप प्रमाणित गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको जानकारी समेत बैैंकले दिएको छ ।
बैंकले २०७४ साल भदौ २७ गतेदेखि कात्तिक १४ गतेसम्म हदप्रद सेयरको बिक्री खुला गरी आवेदन माग गरेको थियो । तर, त्यतिबेला संस्थापक तथा सर्वसाधारण समूहतर्फका सेयरहरूका लागि आवश्यक आवेदन नपरेकाले ती सेयरहरू अहिले बोलकबोलमार्फत बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया