Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको दुुई सय ४१औं शाखा सुर्खेतको वीरेन्द्रनगरमा

राष्ट्रिय वाणिज्य बैंकको दुुई सय ४१औं शाखा सुर्खेतको वीरेन्द्रनगरमा


काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं.–६ स्थित शाखा कार्यालय वीरेन्द्रनगर सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको दुई सय ४१औं शाखा कार्यालयको आइतबार समुदघाट्न गरेका हुन् ।

उक्त अवसरमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रकाश ज्वालाले रा.वा.बैंक पूर्ण सरकारी बैंक भएकाले सरकारलाई सहयोग गर्नुपर्ने र बैंक नाफामुखीभन्दा पनि थप सेवामुखी हुनुपर्ने बताएका छन् । उनले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी कर्णालीवासीलाई थप बैंकिङ सेवा उपलब्ध गराएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरेका छन् ।

बैंकको कर्णाली प्रादेशिक प्रबन्धक रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालयका प्रमुख डा. शालीकराम पोख्रेलले शाखाको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा शाखा कार्यालय वीरेन्द्रनगरका प्रबन्धक जयप्रसाद बरालले स्वागत मन्तब्य व्यक्त गरेका छन् । बैंकको हाल सातै प्रदेशका ७७ जिल्लामा दुई सय ४१ वटा शाखा कार्यालय, दुुई सय पाँच वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया