Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु लाइफका थप तीन शाखा

प्रभु लाइफका थप तीन शाखा


काठमाडौं, पुस १०
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले थप तीनवटा शाखा सुभारम्भ गरेको छ । कम्पनीले देशका सबै क्षेत्रमा बीमाको पहुँच विस्तार गर्ने क्रममा आफ्ना नयाँ तीन शाखा कार्यालयहरू सुर्खेत शाखा, टिकापुर उप–शाखा तथा अत्तरिया उप–शाखाहरूको शुभारम्भ गरी कारोबार सुरु गरेको हो । सुर्खेत, टिकापुर तथा अत्तरिया तीनवटै कार्यालयहरूको उद्घाटन कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेबाट यही पौष ७ र ८ गतेका दिन भएको थियो ।

कार्यक्रममा अध्यक्ष डा. घिमिरेले कम्पनीको आफनो अरु शाखाहरू विस्तारको क्रममा रहेको र अरु जीवन बीमा कम्पनीहरूका भन्दा राम्रा बीमा योजना भएको तथ्य प्रकाश पार्दै पश्चिम नेपालका विभिन्न स्थानहरूमा भएका शाखा विस्तारबाट आफू हर्षित भएको बताए । यस क्षेत्रका बासिन्दाहरूलाई समेत प्रभु लाइफ इन्स्योरेन्सको बीमा सेवाबाट लाभ लिन आग्रह समेत उनले आग्रह गरे । उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख व्यवसाय अधिकृतको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रममा कम्पनीका प्रमूख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेलले जीवन बीमालाई गाउँसम्म पु-याउने उद्देश्यसहित कम्पनीको स्थापना भएको बताउँदै कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे । आगामी दिनहरूमा कम्पनीले आवश्यकताअनुरूप देशैभरि थप शाखाहरू विस्तार गर्दे लैजाने र निकट भविष्यमा नै कम्पनीले सर्वसाधारणको लागि एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी ६० करोड रूपैयाँबराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको जानकारी दिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x