बैंक अफ काठमाण्डू र खल्ती डिजिटलबीच सम्झौता
काठमाडौँ ।
बैंक अफ काठमाण्डू (बीओके) र खल्ती डिजिटल वालेटबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न दिन खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंककातर्फबाट बजार व्यवस्थापन प्रमुख रितेश लामिछाने र खल्ती डिजिटलका तर्फबाट निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि बीओकेका ग्राहकहरूले आफ्नो बैंक खाता लिंक गरेर, बैंकको डिजिटल सेवाहरू मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमार्फत ‘खल्ती’मा सजिलै पैसा लोड गर्न सक्नेछन् । साथै ग्राहकहरूले खल्तीबाट उपलब्ध डिजिटल सुविधाहरू प्रयोग गर्न सक्नेछन् । यस सहकार्यबाट बैंकका सम्पूर्ण ग्राहकले बैंकबाट उपलब्ध सुविधाहरू (मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी आदी) को साथै अक्तिरित डिजिटल भुक्तानी सेवाहरू उपयोग गर्न सक्नेछन् । खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो ।
खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरूको ग्राहक–शुल्क तिर्नेजस्ता धेरै सेवाहरू लिन सकिन्छ ।खल्तीका प्रयोगकर्ताहरूको संख्या १३ लाखभन्दा बढी रहेको छ । खल्ती एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र खल्ती डटकमबाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरूको अनलाइन भुक्तानी गर्न सकिने जानकारी पनि बैंकले दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया