Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल बैंकद्वारा हिमालयन बैंकसँग मर्जरमा जाने औपचारिक निर्णय नभएको जानकारी

सिभिल बैंकद्वारा हिमालयन बैंकसँग मर्जरमा जाने औपचारिक निर्णय नभएको जानकारी


काठमाडौँ ।
सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने विषयमा हालसम्म कुुनै औपचारिक निर्णय नभएको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले (नेप्से)ले हिमालयन बैंकसँग हुुनलागेको मर्जरका बारेमा आइतबार सोधेको स्पष्टीकरणको सोमबार जवाफ दिँदै सिभिलले उक्त जानकारी दिएको छ ।

सिभिल बैंकले नेप्सेले दिएको जवाफसम्बन्धी पत्रमा भनिएको छ, सिभिल बैंक नेपाल लिमिटेडलाई हिमालयन बैंकले प्राप्ती गर्ने विषयको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भइरहेको सन्दर्भमा बैंकको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै उक्त समाचारहरूमा आएको जस्तो बैंकबाट कुनैपनि औपचारिक निर्णय नभएको र बैंकले आधिकारिकरूपमा त्यस्तो खालको कुनै पनि समाचार सम्प्रेषण नगरेको व्यहोरा अवगत गर्दै धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ बमोजिम जानकारी गराउनुपर्ने सबै प्रकारको निर्णयहरू समयमा नै बुझाउँदै आइरहेको तथा भविष्यमा समेत नियमअनुसार जानकारी गराउनेछौँ, पत्रमा भनिएको छ ।

साथै नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीतिअनुुरूप बैंकले मर्जर गर्नको लागि सम्भावित उपयुक्त बैंकहरूको खोजी गर्ने क्रममा विभिन्न बैंकहरूसँग अनौपचारिकरूपमा कुरा अगाडि बढाएको भए पनि हालसम्म बैंकको मर्जर समिति तथा सञ्चालक समितिबाट कुनै औपचारिक निर्णय नभएका व्यहोरा अनुरोध गर्दै बैंकले सेयर मूल्यमा असर पर्ने कुुनै पनि सूचना प्रवाह नगरेको तथा उक्त प्रकाशित समाचारहरूको बारेमा बैंकको कुुनै पनि आधिकारिक निर्णय नभएको व्यहोरो जानकारीको लागि अनुरोध गर्दछु, बैंकले पत्रमार्फत भनेको छ ।

यसैबीच सञ्चालनमा रहेका २६ वटा बैंकहरूमध्ये आधा दर्जनभन्दा बढी बैंकहरूमा संस्थापक सेयर लगानी रहेको कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रशाद गौतमले सिभिल बैंकले हिमालयन बैंकललाई पत्राचार गर्दै आफ्नो सिभिललाई प्राप्ति गर्दा हुन्छ है भन्नेसम्मको आसय पत्र पठाएको जानकारी पाएको भन्दै एउटा साप्ताहिक पत्रिकामा अन्तरवार्ता नै दिएका छन् । कोषको हिमालयन बैंक र सिभिल बैंकमा सेयर लगानी रहेका कारण पनि कोषका प्रशासक गौतमले उक्त आसयसहितको अन्तरवार्ता दिएका हुन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया