महालक्ष्मी विकास बैंकद्वारा कर्जाको ब्याजमा छुट
काठमाडौं ।
महालक्ष्मी विकास बैंकले कर्जाको ब्याजमा छुुट दिएको छ । बैंकका अनुसार हाल विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारणले उत्पन्न असहज परिस्थितिमा बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरूलाई राहत पु-याउने उद्देश्यले ऋणीहरूले असोज मसान्तभित्र तिनुपर्ने ब्याज भुक्तानी गरेमा भुक्तानी भएको ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरिएको हो । ग्राहकहरूले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमानदारीताको कदर गर्दै बैंकले केही कर्जाहरूमा ब्याजदर समेत घटाएको जानकारी दिएको छ ।
बैंकले हाल देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा एक सय दुुई वटा शाखा तथा ३४ वटा एटीएमहरूमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकमा हाल कुुल ग्राहक संख्या पाँच लाखभन्दा बढी पुगेको छ । बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा ४२ करोड ८५ लाख ६४ हजार छ सय ७३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ६५ करोड ७७ लाख ७२ हजार पाँच सय ५४ रुपैयाँ रहेको थियो ।हाल चुक्ता पुँजी तीन अर्र्ब सात करोड २० लाख ६१ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा ३६ अर्ब ९७ करोड ७१ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ४९ करोड २१ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब ५४ करोड ४१ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव आठ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ३५ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने २० करोड ३२ लाख ३१ हजार तीन सय ९० रुपैयाँ रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया