एनएमबी बैंकद्वारा वित्तीय क्षेत्रमै पहिलो एनएमबी भिसा कर्पोरेट क्रेडिट सुरु
काठमाडौं ।
एनएमबी बैंकले कर्पोरेट क्रेडिट कार्ड जारी गर्न फेरि पहिलो नेपाली बैंकको रूपमा प्राथमिकता तय गरेको छ । बैंकले एनएमबी बैंक भिजा कर्पोरेट क्रेडिट कार्ड प्रस्तुत गरेको छ जुन व्यावसायिक संगठन र कर्पोरेट घरानाहरूको अनुरोधमा जारी गरिनेछ, बैंकले विज्ञप्तिमार्फत भनेको छ ।
बैंकका अनुसार यो कार्ड मुख्यतया व्यवसायसँग सम्बन्धित खर्चहरूजस्तै व्यवसाय प्रवर्द्धन, तालिम, ग्राहक संलग्नता, मार्केटिङ र व्यवसायसँग सम्बन्धित अन्य खर्चहरूको व्यवस्थापन गर्न प्रयोग गर्न सकिन्छ । एकभन्दा बढी क्रेडिट कार्डहरू एउटै संस्थाको व्यक्तिहरूको लागि फरक क्रेडिट सीमाका साथ जारी गर्न सकिन्छ । प्रत्येक संगठनको क्रेडिट सीमा उक्त संगठनको आवश्यकताअनुरूप निर्धारण गरिनेछ ।
‘एनएमबी बैंक भिसा कर्पोरेट क्रेडिट कार्ड वित्तीय बजारमा विशुद्ध नयाँ प्रस्तुति हो र हामी विश्वस्त छौँ कि यसले हाम्रा ग्राहकहरूलाई कर्पोरेट र व्यावसायिक संगठनहरूमा वहाँहरूको व्यवसायसँग सम्बन्धित खर्चहरू अझ राम्रोसँग व्यवस्थापन गर्न सक्षम गर्नेछ । हाम्रा सेवाहरूमा मूल्य र मान्यतासहित ग्राहकको अनुभव अभिवृद्धि गर्नु हाम्रो मुख्य उद्देश्य हो र हामी आफ्नो ब्रान्ड अनुभव सशक्त बनाउनका लागि अन्वेषण गर्ने क्रममा सदैव तत्पर छौँ ।’ बैंकले विज्ञप्तिमार्फत भनेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया