ज्योति विकास बैंकद्वारा तिलगंगा आँखा अस्पताललाई सहयोग
काठमाडौं ।
ज्योति विकास बैंकले कोभिडसम्बन्धी अनुसन्धानको लागि तिलगंगा अस्पताललाई सहयोग गरेको छ । बैंकले तिलगंगा आँखा प्रतिष्ठानअन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको डिटेक्सन अफ सार्स कोभ २ को लागि बैंकले सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत दुई लाख रुपैयाँबराबरको आर्थिक सहयोग गरेको हो ।
बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट प्रतिष्ठानको अनुसन्धान विभागका निर्देशक डा. सुमन थापाले उक्त सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् । तिलगंगा आँखा प्रतिष्ठानअन्तर्गतको अनुसन्धान विभागले डा. सन्दुक रुइतको संयोजकत्वमा गरिरहेको उक्त अनुसन्धानमा कोरोना भाइरस र आँखाबीचको सम्बन्धको अध्ययन भइरहेको हो । अनुसन्धानले नेपाली कोरोना संक्रमितहरूको आँखामा कोरोना भाइरसको असर र आँखाबाट भाइरस संक्रमणसम्बन्धी अध्ययन गरिरहेको हो । नेपालमा यस किसिमको अनुसन्धान पहिलो पटक भइरहेको हो ।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरूपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्षरूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरू गर्दै आएको छ । बैंकले हाल एक सय पाँचवटा शाखा एउटा, एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ । हालसम्म बैंकले तीन लाखभन्दा बढी खाताबाट करिब ३७ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया