अनलाइनबाटै सानिमा बैंकको क्रेडिट कार्डको लागि आवेदन दिन सकिने
काठमाडौं ।
अनलाइनबाटै सानिमा बैंकको क्रेडिट कार्डको लागि आवेदन दिन सकिने भएको छ । बैंकले आफ्ना ग्राहकहरूको सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाइनमार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको हो । ग्राहकहरूले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेबसाइटमा गई ‘क्रेडिट कार्ड आवेदन’मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी सरल रूपमा आवेदन दिन सक्नेछन् ।
फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएको बारे र कार्ड उपलब्ध गराइने समयसम्बन्धी जानकारी इमेल तथा फोनमार्फत गराइने बैंकले जानकारी दिएको छ । क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिकरूपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुन्छ । यो सुविधा यही असोज ६ गतेदेखि सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्तामा सामान खरिद गर्न सकिनेछ ।
बैंकले डिजिटल बैंकिङ प्रणालीलाई प्राथमिकता दिँदै समयानुकूल विभिन्न ग्राहकमैत्री सेवा तथा सुविधाहरू परिस्कृतरूपमा उपलब्ध गराउँदै आएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी ८२ शाखा कार्यालय १५ विस्तारित काउन्टर तथा ८१ एटीएमबाट ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया