Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक उकालो लाग्यो

बजार परिसूचक उकालो लाग्यो


काठमाडौं ।
सेयर बजार परिसूचक उकालो लागेको छ । अघिल्लो दुुई दिन ओरालो लागेको बजार परिसूचक साताको चौथो कारोबार दिन बुुधबार नौ दशमलव ३७ अंकले उकालो लागेर १५ सय ५५ दशमलव ५२ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९५ अंकले उकालो लागेर तीन सय आठ दशमलव ३४ अंकमा चढेको छ । यसदिन कुुल एक सय ९४ कम्पनीहरूको सेयर कारोबार भएको छ । त कम्पनीहरूको ४१ हजार छ सय २० पटकको कारोबारमा ५८ लाख ६२ हजार ती सय १७ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ७२ करोड ७८ लाख २१ हजार सात सय सात रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुसार होटल समूहको सूचक २३ दशमलव ६४ अंकले ओरालो लागेर १७ सय १६ दशमलव ५७ अंकमा झरेको छ भने बाँकी समूहको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव ८७ अंकले उकालो लागेर १२ सय ४३ दशमलव ९७ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि २२ दशमलव आठ अंकले उकालो लागेर १८ सय ३३ दशमलव ९८ अंकमा चढेको छ । जलविद्युुत् समूहको सूचक पनि ३३ दशमलव ७९ अंकले उकालो लागेर १२ सय ४० दशमलव ६८ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि १० दशमलव २४ अंकले उकालो लागेर २५ सय ७१ दशमलव २५ अंकमा चढेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ७४ दशमलव ७७ अंकले उकालो लागेर सात हजार नौ सय ८४ दशमलव ५० अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि ९४ दशमलव ६८ अंकले उकालो लागेर नौ हजार सात सय ४१ दशमलव पाँच अंकमा चढेको छ । यीबाहेक ट्रेडिङ, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमश पाँच दशमलव ७२, १२ दशमलव दुुई, २३ दशमलव दुुई, सात दशमलव ३६ र शून्य दशमलव शून्य तीन अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको अरुण भ्याली हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ७६ प्रतिशतले बढेर एक सय ८० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको माउन्टेन हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ७१ प्रतिशतले बढेर एक सय १३ रुपैयाँमा किनबेच भएको छ ।

यीबाहेक नेसनल हाइड्रोपावर कम्पनी, छ्याङदी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको गुुह्ेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको सेयर मूल्य तीन दशमलव ५७ प्रतिशतले घटेर एक सय ३५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको तारागाउँ रेजिडेन्सी होटलको प्रतिकित्ता सेयर मूल्य एक दशमलव ९९ प्रतिशतले घटेर दुुई सय ४६ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक लक्ष्मी उन्नति कोष, बेष्ट फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन शिखर इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता १३ सय ४९ रुपैयाँ अन्तिम मूल्यमा १० करोड ८५ लाख ९८ हजार ४५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता तीन सय २४ रुपैयाँ अन्तिम मूल्यमा नौ करोड ५९ लाख ३९ हजार सात सय तीन रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल पुनर्बीमा कम्पनी, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया