समृद्धि फाइनान्सले ३६ करोड ३९ लाख रुपैयाँको हकप्रद सेयर जारी गर्ने
काठमाडौं ।
समृद्धि फाइनान्सले ३६ करोड ३९ लाख ६० हजार छ सय रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । फाइनान्सले चुक्ता पुँजी वृद्धिको लागि हाल कायम रहेको चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार तीन सय रुपैयाँमध्येबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३६ लाख ३९ हजार छ सय छ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेड रहेको फाइनान्सको यही असोज १६ गतेबाट खुला हुुने हकप्रद सेयरको बिक्री कार्य कात्तिक छ गतेसम्म जारी रहनेछ । अधिकृत पुँजी ८० करोड रुपैयाँ रहेको फाइनान्सको हाल चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार तीन सय रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्रीपश्चात् भने फाइनान्सको चुक्ता पुँजी ५४ करोड ५९ लाख ४० हजार नौ सय रुपैयाँ पुग्नेछ । फाइनान्सले गत आर्थिक वर्षमा तीन करोड ८३ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा सस्थाको यस्तो नाफा ५४ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार रुपैयाँ रहेको संस्थाले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा २० करोड ५८ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक करोड ८६ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड नौ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सको वितरणयोग्य नाफा भने दुई करोड ६६ लाख पाँच हजार रुपैयाँ रहेको छ । यस अवधिमा ८६ दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको फाइनान्समा १० दशमलव ५२ प्रतिशतको स्प्रेड दर रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सले सात करोड ५२ लाख ७४ हजार रुपैयाँ निक्षेप संकलन गरी छ लाख तीन हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ७१ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शत प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया