नबिल बैंकको ‘ग्रिन पिन’ सेवा
काठमाडौं ।
नबिल बैंकले ‘नबिल ग्रिन पिन सेवा’ सुरु गरेको छ । बैंकले आफ्ना डेबिट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरूलाई सहज र सुरक्षितरूपमा बैंकको कुनै पनि एटीएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुविधा प्रधान गर्न उक्त सेवाको सुरु गरेको हो ।
यो सेवामार्फत आफ्ना नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पुराना ग्राहकलाई बिर्सिएको पिन स्वयमले रिसेट गर्ने सुविधा प्रधान गरेको छ । ‘अब हाम्रा ग्राहक महानुभावहरूले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नुपरेमा वा पिन बिर्सिए बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिइरहनु पर्दैन । अब ग्राहक महानुभावहरूले नजिकैको नबिल बैंकको एटीएमबाट सहजै आफैँले पिन रिसेट गर्न सक्नुहुनेछ ।’, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले भने ।
बैंंकका अनुसार ग्रिन पिनमार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहकले नजिकैको नबिल बैंकको एटीएममा गई कार्ड मसिनमा राखेर जेनरेट ओटीपी फर पिन मेनु छान्नु पर्नेछ । त्यसपछि ग्राहकले बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको ओटीपी प्राप्त हुनेछ । त्यसपछि ग्राहकले ‘इन्टर ओटीपी टु चेञ्ज योर पिन’ मेनु छनोट गरी प्राप्त भएको ओटीपी राखेर पिन सेट अथवा रिसेट गर्न सक्नेछन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले ग्रिन पिन सेवामार्फत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउँदै वातावरणमैत्री सेवाको सुभारम्भ गरेको बताएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ महामारीको समयमा यसरी जुनसुकै स्थान र समयमा पिन सेट तथा रिसेट गर्न सकिने सुविधाले ग्राहकलाई सुरक्षित र सहज सेवा प्राप्त हुने अपेक्षा लिएको जानकारी पनि बैंकले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सामुदायिक लघुवित्तको नाफा ऋणात्मक
- साना किसान लघुवित्तको नाफा ३२ करोड १८ लाख
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
- ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुने
- निजगढमा सामुदायिक आँखा अस्पताल सेवा सञ्चालनमा
- जापानको आर्थिक वृद्धिदर सुस्त
- युक्रेनमा शान्ति स्थापनाका लागि रूस बाधक : जी–७
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया