उकालो लाग्यो बजार परिसूचक
काठमाडौं ।
सेयर बजार परिसूचक उकालो लागेको । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक चार दशमलव २९ अंकले उकालो लागेर १५ सय ६५ दशमलव ५५ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव नौ अंकले उकालो लागेर लागेर तीन सय १० दशमलव ४७ अंकमा चढेको छ ।
यसदिन कुुल एक सय ९१ कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार ४२ हजार एक सय आठ पटकको कारोबारमा एक करोड ९९ लाख ७२ हजार तीन सय ११ कित्ता सेयर खरिदबिक्री हुुँदा कुुल कारोबार रकम तीन अर्ब १३ करोड ८२ लाख ४३ हजार तीन सय ७१ रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार वटा समूहको सूचक उकालो लागेका छन् भने सातवटा समूहको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १३ दशमलव ७४ अंंकले उकालो लागेर १२ सय ५८ दशमलव ६४ अंकमा चढेको छ भने विकास बैंक समूहको सूचक पनि १३ अंकले उकालो लागेर १८ सय ४५ दशमलव ३१ अंकमा चढेको छ ।
यसैगरी फाइनान्स समूहको सूचक पनि ११ दशमलव ६३ अंकले उकालो लागेर सात सय ६६ दशमलव ८५ अंकमा चढेकोमा होटल समूहको सूचक पनि ५१ दशमलव ७१ अंकले उकालो लागेर १७ सय ८५ दशमलव ५५ अंकमा चढेको छ । सामूहिक लगानी कोष समूहको सूचक पनि शून्य दशमलव शून्य तीन अंकले उकालो लागेको छ । जलविद्युुत् समूहको सूचक भने यसदिन १३ दशमलव एक अंकले ओरालो लागेर १२ सय ८३ दशमलव २९ अंकमा झरेकोमा लघुुवित्त समूहको सूचक पनि छ दशमलव ६२ अंकले ओरालो लागेर २२ सय ६४ दशमलव ११ अंकमा झरेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ७२ दशमलव ५३ अंकले ओरालो लागेर सात हजार आठ सय ५८ दशमलव अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ८३ दशमलव ५९ अंकले ओरालो लागेर नौ हजार छ सय १३ दशमलव ३६ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः एक दशमलव ९४, ४४ दशमलव ८१ र एक दशमलव ५४ अंकले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको बेष्ट फाइनान्सको सेयर मूल्य नौ दशमलव ९२ प्रतिशतले बढेर एक सय ३३ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको माउन्टेन हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि नौ दशमलव ६८ प्रतिशतले बढेर एक सय ३६ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेपाल फाइनान्स, बरुण हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य सात दशमलव ११ प्रतिशतले घटेर १८ हजार २५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको युुनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि पाँच दशमलव २६ प्रतिशतले घटेर एक सय ४४ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक युनाइटेड फाइनान्स, हिमालयन पावर पार्टनर आदीको सेयर मूल्य पनि घटेका छन् । यसदि सोल्टी होटल लिमिटेडको सबैभन्दा बढी रकम कारोबार भएको छ ।
उक्त कम्म्पनीको प्रतिकित्ता एक सय ९० रुपैयाँ अन्तिम मूल्यमा ४८ करोड ५६ लाख ५१ हजार आठ सय ८९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको एक सय आठ रुपैयाँ अन्तिम मूल्यमा १४ करोड २७ लाख ९७ हजार नौ सय ७९ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक कुमारी बैंक, सिभिल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
- बैंकहरूले घटाए ब्याजदर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया