ग्लोबल आईएमई बैंकको ‘मेरी उनीलाई’ मुद्दती खाता
काठमाडौं ।
ग्लोबल आईएमई बैंकले मेरी उनीलाई नामक निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले महिलाहरूलाई आर्थिकरूपमा सशक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सञ्चालनमा ल्याइएको जानकारी दिएको छ ।
बैकका अनुसार ‘मेरी उनीलाई’ मुद्दती योजनाले, महिलाहरूका नाममा बचत गर्न, महिलाहरूलाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खातावाहक महिलाहरूलाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिकरूपमा महिलाहरूलाई सबल बनाउन, सहयोग पु-याउनेछ । एक लाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने यो मुद्दती योजनामा वार्षिक नौ प्रतिशतसम्म ब्याज पाइनेछ ।
यो मुद्दती योजनामा छ महिनादेखि पाँच वर्षसम्मको अवधिको लागि खोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने यो योजनामा आवश्यकताअनुसार पटक–पटक रकम थप गर्न पनि सकिने व्यवस्था रहेको बैंकले जानकारी दिएको छ ।
बैंकले यो खातासँगै निशुल्क डेबिट कार्ड, लकर शुल्कमा शत प्रतिशत छुट, मुद्दती बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र दश लाखभन्दा बढी रकमको मुद्दती खाता खोल्ने ग्राहकहरूलाई प्रिभिलेज कार्ड उपलब्ध गराउनेछ ।
यो योजनाअन्तर्गत मुद्दती खाता खोल्ने ग्राहकहरूले होम लोनको प्रोसेसिङ शुल्कमा शत प्रतिशत छुट पाउनेछन् भने निश्चित रकमसहित मुद्दती खाता खोल्ने प्रतिबद्धता गरेमा ग्राहककै घरदैलोमै पुगेर सेवा उपलब्ध गराइनेछ ।
यो मुद्दती खाता खोल्दा महिलाको आत्मविश्वास बढ्ने, परिवारमा सन्तुष्टि र खुशी ल्याउने र महिलाहरूलाई सामाजिक, आर्थिक र मानसिकरूपमा सबल बनाउने कुरामा पनि बैंक विश्वस्त रहेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवामा अतिरिक्त सुविधाहरू प्रदान गर्ने उद्देश्यले समय–समयमा यस्ता योजनाहरू ल्याउने गरेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया