एनएमबी बैंक अन्तर्राष्ट्रिय बैंकहरूको पीसीएएफको कमिटीमा नियुक्त
काठमाडौं ।
एनएमबी बैंकले आफू अन्तर्राष्ट्रिय बैंकहरूको पीसीएएफको स्टिरिङ कमिटीमा नियुक्त भएको जानकारी दिएको छ । बैंकका अनुसार एबीएन एम्रोे, मोर्गन स्टान्ली र अग्रणी अन्तर्राष्ट्रिय बैंकहरूको पार्टनरसी फर कार्बन अकाउन्टिङ फाइनान्सीयल अर्थात् पीसीएएफको स्टिअरिङ कमिटीमा नियुक्त भएको हो । नेट जिरो एसेट अनर एलायन्स (एओए)सँगको सहकार्यमा पीसीएएफले आफ्नो सञ्चालक समितिमा एओएको एक प्रतिनिधिको रूपमा एनएमबी बैंकलाई समावेश गरी नेतृत्व स्तरमा स्वागत गरेको हो ।
पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी हो जुन उनीहरूको कर्जा/लगानीसँग सम्बन्धित ग्रीन हाउस ग्यास (जीएचजी) उत्सर्जनको आकलन गर्न र खुलासा गर्न एक सामञ्जस्यपूर्ण दृष्टिकोणको विकास र कार्यान्वयन गर्न सहकार्य गर्दछ, एनएबीले विज्ञप्तिमार्फत भनेको छ ।
कार्बन लेखा वित्तीय साझेदार पीसीएएफको कर्जा र लगानीले फाइनान्स गरेको ग्रीन हाउस ग्यास उत्सर्जन मापन गरी प्रस्तुत गर्न उद्योगको नेतृत्वमा संस्थागत सम्पतिको पहल गर्न संयुक्त राष्ट्र संघले आयोजना गरेको अन्तर्राष्ट्रिय गढबन्धनसँग मिलेर काम गर्न तथा सहभागितालाई सुदृढ र विस्तार गर्ने प्रयास गरेको छ ।
पीसीएएफ द्र्रुतरूपमा विकसित हुँदै छ । गत सेप्टेम्बरमा यसको विश्वव्यापी प्रक्षेपण ५ ट्रिलियनभन्दा बढी सम्पत्ति भएकोमा ५० वित्तीय संस्थाबाट सुरु भएको यो पहल ७५ वित्तीय संस्थामाझ पुगेको छ जसको १२ ट्रिलियन अमेरिकी डलरभन्दा बढी सम्पति पुगेको छ ।
वित्तीय सम्पतिको कार्बन लेखाका अग्रगामीहरूद्वारा स्थापित यस पहलले हालसालै ठूला वित्तीय संस्थाहरू नट वेष्ट समूह (बेलायत, पहिले स्कटल्याण्डको रोयल बैंकको रूपमा चिनिन्थ्यो), इन्भेष्टेक (दक्षिण अफ्रीका), बान्को ब्राडेस्को (ब्राजिल), ग्रुपो बानकोलम्बिया (कोलम्बिया), एक्सेस बैंक (नाइजेरिया), मोर्गन स्टानले (यूएस), सिटी (यूएस), बैंक अफ अमेरिका (युएस), एनएन समूह (नेदरल्याण्ड्स) र डान्सके बैंक (डेनमार्क) पीसीएएफको स्टिअरिङ कमिटिको विस्तार गर्दा यसले मूल्य र मान्यतामा आधारित बैंकिङको जग निर्माण गर्न, एसियाबाट प्रमुख प्रतिनिधि थप्न र यसको विश्वव्यापी र विविध प्रकृतिलाई अझ विशेषगरी संस्थागत लगानीकर्ताको दृष्टिकोणबाट सुदृढ पार्न अनुमति दिन्छ ।
पीसीएएफले अब एओएसँग सहकार्य गरिरहेको छ । एओएका प्रतिनिधिलाई यसको स्टिअरिङ कमिटीमा समावेश गरेको छ र नेपालबाट एनएममबी बैंकलाई यसको नेतृत्व स्वागत गर्दछ । स्टिअरिङ कमिटी जसले अब विस्तारको आशा नगरी अब एएनबी, एम्रो, अमगेम्टेड बैंक, एसएन बैंक, ग्लोबल अलायन्स फर भ्यालुु बेस बैंकिङ (जिएबीभी), ट्राइओड्स बैंक, मोर्गन स्टान्ले, द नेट शून्य सम्पति मालिक अलायन्स (नोर्दिया लाइफ र पेन्सनको प्रतिनिधि) र एएनबी बैंक सबै प्रकारका वित्तीय संस्था र विश्वव्यापी उपस्थितिलाई प्रतिबिम्बित गर्दै, पूर्ण स्टिअरीङ कमिटी पीसीएएफ कार्बन अकाउन्टिङ फाइनान्सीयलको थप विकासको नेतृत्व गर्न र कोप २६ भन्दा अगाडि पहल बढाउन उत्साहित छ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत– सुनिल केसी भन्छन्, ‘विश्वव्यापी तापक्रम वृद्धिलाई सुरक्षित सीमाभित्र राख्नु हामी सबैको लागि महत्वपूर्ण छ, तर यो विशेषगरी एसियाका देशहरूमा प्रासङ्गिक छ जुन चरम मौसम घटनाहरू र समुद्री सतहको बढ्दो जोखिममा छन् । हामी अग्रगामी पहलको हिस्सा हुन पाउँदा खुसी छौं जसले वित्तीय संस्थालाई हाम्रो समयको सबभन्दा ठूलो चुनौतीलाई सम्बोधन गर्न उनीहरूको भूमिका खेल्न सहयोग गर्दछ ।’
सेप्टेम्बर २०१६ मा, कार्बन अकान्टिङ फाइनान्सियल (पीसीएएफ)को साझेदारी विश्वव्यापीरूपमा सुरु भयो । हाल पीसीएएफ पहलमा ७५ बैंक र लगानीकर्ताले सदस्यता लिएका छन् । पीसीएएफ विभिन्न संस्थाहरूसँग मिलेर काम गर्दछन् उनीहरूको कर्जा र लगानीको ग्रीनहाउस उत्सर्जन मापन गर्न र खुलाउन वित्तीय उद्योगको लागि ग्लोवल कार्बन अकान्टिङ फाइनान्सीयल हो । त्यसो गरेर, पीसीएएफ संस्थाले मौसमसम्बन्धी जोखिमहरू आकलन गर्न आवश्यक पहिलो कदम चाल्छ, पेरिस जलवायु सम्झौताको अनुरूप लक्ष्य राख्छ र हाम्रो समाजलाई सजिलै प्रभावकारी बनाउन विभिन्न रणनीतिहरू विकास गर्दछ ।
नेट जिरो एसेट एलायन्सको बारेमा : संयुक्त राष्ट्र संघले आयोजना गरेको नेट जिरो एसेट एलायन्स २९ संस्थागत लगानीकर्ताहरूको एक अन्तर्राष्ट्रिय समूह हो (३ अगस्ट २०२० सम्म) लगभग ५ ट्रिलियन एयूएम २०५० सम्ममा उनीहरूको लगानी विभागहरूलाई नेटशून्य जीएचजी उत्सर्जनमा सार्न हिम्मत प्रतिबद्धता प्रदान गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया