Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेप्सेद्वारा असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन आग्रह

नेप्सेद्वारा असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन आग्रह


काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) वार्षिक नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरुलाई आग्रह गरेको छ । नेप्सेमा मंगलबार सूचीकृत कम्पनीहरुको नाउँमा सूचना जारी गर्दै यही असोज मसान्तसम्ममा वार्षिक नवीकरण शुल्क बुझाइसक्न आग्रह गरेको हो । ‘धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार उक्त सूचना जारी गरिएको हो’, नेप्सेले भनेको छ । नेप्सेका अनुसार चुक्ता पुँजी ५० करोड रुपैयाँसम्म रहेको कम्पनीको वार्षिक नवीकरण शुल्क ५० हजार रुपैयाँ रहेको छ भने चुक्ता पुँजी ५० करोड रुपैयाँभन्दा माथि रहेको संस्थाको हकमा वार्षिक नवीकरण शुल्क एक लाख रुपैयाँ रहेको छ । यीबाहेक डिबेञ्चर र म्युुचअल फण्ड अर्थात् सामूहिक लगानी कोषको वार्षिक नवीकरण शुल्क भने चुक्ता पुँजी ५० करोड रुपैयाँसम्मको हकमा २५ हजार र चुक्ता पुँजी ५० करोड रुपैयाँभन्दा माथिको हकमा ५० हजार रुपैयाँ तोकिएको छ ।

नेप्सेले वार्षिक नवीकरण शुल्क नेप्सेको नाउँमा ग्लोबल आईएमई बैंकमा रहेको खातामा जम्मा गरिदिन आग्रह गरेको छ । नेप्सेका अनुसार तोकिएको समयभित्र नवीकरण शुल्क नबुुझाएमा वार्षिक नवीकरण शुल्कको १० प्रतिशतको दरले जरिवाना लाग्नेछ । नेप्सेमा हाल दुुई सय आठवटा कम्पनीहरु सूचीकृत रहेका छन् । जसमध्ये एक सय ४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, चार÷चार वटा होटल तथा व्यापारिक संस्था र पाँच अन्य समूहका रहेका छन् ।

No description available.

यसअघि २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या दुुई सय १२ रहेको थियो । चालू आर्थिक वर्षको पहिलो महिनामा सूचीकृत चार अर्ब ८३ करोड सेयरको चुक्ता मूल्य भने चार खर्ब ७३ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । यस अवधिमा महिनामा दुुई अर्ब ९३ करोडबराबरको बोनस सेयर, दुुई अर्बबराबरको डिबेन्चर र एक अर्ब २२ करोड रुपैयाँबराबरको साधारण सेयर गरी कुल छ अर्ब १५ करोड रुपैयाँबराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ६३ करोड ८६ लाखबराबरको साधारण सेयर निष्काशन गर्न अनुमति दिएको राष्ट्र बैंकले जानकारी दिएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुको बजार पुँजीकरण १८ खर्ब ३६ अर्ब ७९ करोड रुपैयाँ पुुगेको छ । चालू आवको साउन मसान्तमा धितोपत्र बजार पँुजीकरण १८ खर्ब ३६ अर्ब ७९ करोड रुपैयाँ पुुगेको हो । २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया