नेपाल ल्युुब आयलको सेयर दाखिला बन्द हुने
काठमाडौं ।
नेपाल ल्युब आयल लिमिटेडको सेयर दाखिला तथा खारेजी बन्द हुनेभएको छ । कम्पनीको आगामी कात्तिक ५ गते हुने २९औँ वार्षिक साधारण सभासम्बन्धी प्रयोजनको लागि यही असोज २२ गतेदेखि कात्तिक पाँच गतेसम्मको लागि सेयर दाखिला तथा बन्द हुने भएको हो ।
कम्पनीले उक्त सभामार्फत १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले उक्त वार्षिक साधारणसभामार्फत जारी पुँजी तीन करोड रुपैयाँलाई वृद्धि गरी पाँच करोड रुपैयाँ पु-याउने प्रस्ताव समेत पारित गर्ने तयारी गरेको छ । कम्पनीको पछिल्लो पटक प्रतिकित्ता एक सय ९० रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको छ ।
बजार पुँजीकरण पाँच करोड ११ लाख ४७ हजार ५० रुपैयाँ पुुगेको कम्पनीको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा भने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको दुई करोड ६९ लाख १९ हजार पाँच सय रुपैयाँबराबरको दुई लाख ६९ हजार एक सय ९५ कित्ता सेयर सूचीकृत रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया