ग्लोबल आईएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक पोल हस्तान्तरण
काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेडले महानगरीय प्रहरीलाई पोल हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडौँ उपत्यकाभित्रका सडकहरूमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरू हस्तान्तरण गरेको हो । यसअघि पनि बैंकले २०७७ वैशाख ३१ मा ट्राफिक जनचेतनाका निम्ति ट्राफिक पोलहरू हस्तान्तरण गरेको थियो ।
बैंकले प्रदान गरेको ट्राफिक पोलहरूले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पु¥याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पु-याउने बताउँदै यस्तो समाजोपयोगी कार्यमा सहयोग पु-याएकोमा महानगरीय ट्राफिक महाशाखाले बैंकलाई धन्यवाद दिएको छ । बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आएको छ ।
बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा तीन अर्ब आठ करोड ८० लाख ४२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुुई अर्ब ७६ करोड १९ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १८ अर्ब ९७ करोड ५८ लाख ८० हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा दुुई खर्ब १२ अर्ब ३१ करोड ५३ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ८९ अर्ब ३८ करोड ८६ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ अर्ब १९ करोड २० लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ७३ करोड २८ लाख ८२ हजार रुपैयाँ रहेको छ । यस अवधिमा एक दशमलव ८० प्रतिशत कर्जा निष्क्रिय रहेको बैंकको स्प्रेड दर भने चार दशमलव ४३ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा बैंकले एक खर्ब २० अर्ब आठ करोड ८४ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब आठ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब २४ करोड २३ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया