Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डूले १६ प्रतिशत लाभांश वितरण गर्ने

बैंक अफ काठमाण्डूले १६ प्रतिशत लाभांश वितरण गर्ने


काठमाडौं ।
बैंक अफ काठमाण्डूले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको यही असोज १४ गते बुुधबार बसेको सञ्चालक समितिको एक सय ६४औँ बैठकले उक्त अनुुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकका अनुसार आर्थिक वर्ष २०७६, २०७७ को सञ्चिति मुुनाफाबाट लाभांशबापतको बैंकको चुक्ता पुँजीको तीन प्रतिशत अर्थात् २५ करोड ६४ लाख छ हजार छ सय २२ रुपैयाँ नगद लाभांश र १३ प्रतिशतका दरले हुुन आउने एक अर्ब ११ करोड १२ लाख ८९ हजार १४ रुपैयाँ बोनस सेयर समेत गरी कुुल १६ प्रतिशत अर्थात् एक अर्ब ३६ करोड ७६ लाख ९५ हजार छ सय ३६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिले गरेको उक्त घोषणा नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको २६औँ वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा एक अर्ब ४७ करोड ५५ लाख ६९ हजार तीन सय ६१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ८९ करोड ६९ लाख ५६ हजार ३६ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी आठ अर्ब ५४ करोड ६८ लाख ८७ हजार चार सय १५ रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा ९२ अर्ब १० करोड ३२ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ९१ करोड ५२ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा तीन अर्ब ५८ करोड २८ लाख ४४ हजार पाँच सय १८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ३५ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ८८ करोड सात लाख ८५ हजार छ सय ४५ रुपैयाँ छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले ८२ अर्ब ७२ करोड २० लाख ३० हजार चार सय ४३ रुपैयाँ निक्षेप संकलन गरी ७० अर्ब ४७ करोड ६८ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ७७ करोड ९८ लाख ९१ हजार नौ सय १६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५४ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया