Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकद्वारा मार्जिन लेन्डिङ कर्जा योजना सार्वजनिक

कुमारी बैंकद्वारा मार्जिन लेन्डिङ कर्जा योजना सार्वजनिक


काठमाडौं ।
कुमारी बैंक लिमिटेडले नेपाल धितोपत्र विनिमय बजारमा कारोबार हुने सेयर खरिदका लागि सस्तो ब्याजदरमा कुमारी मार्जिन लेन्डिङ योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार यो योजनाअन्तर्गत सेयर किन्नुअघि कुनै धितो आवश्यक नपर्ने, कर्जा लिई किनिएको सेयर खरिदपश्चात् सोही सेयर धितोमा रहने प्रावधान रहेको छ ।

साथै, यस कर्जामार्फत सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ब्रोकरमार्फत बैंकमा सम्पर्क गरी कर्जा स्वीकृत गराउन सकिनेछ । उक्त कर्जा योजना हालसम्मकै निकै आकर्षक तथा उपयोगी रहेको बैंकले जनाएको छ । हाल बजारमा प्रवाह हुने सेयर कर्जाहरूमा सेयर खरिद गर्नुअघि नै धितो आवश्यक रहने गरेको छ ।

सेयर बजारमा लगानी गर्न चाहने तर अर्थको अभावले लगानीबाट वञ्चित सर्वसाधारणहरूलाई मध्यनजर गर्दै उक्त कर्जा सुविधा ल्याइएको बैंकले जनाएको छ । साथै, कोभिड १९ को यस विषम परिस्थितिमा सीमित भएको लगानीयोग्य क्षेत्रर सोही परिस्थितिमा आकर्षक बनेको सेयर बजारलाई मध्यनजर गर्दै, उक्त कर्जा योजना ल्याइएकोे हो ।

७० वर्षसम्म उमेर पुगेकाले उक्त कर्जा योजनाको लाभ उठाउन सक्ने छन् र उचित परामर्श, न्यूनतम प्रोसेसिङ फी एवं ७२ घण्टा मै कर्जा प्रवाह हुनेजस्ता आकर्षक सुविधाहरू दिइने बैंकका पदाधिकारीले जनाएका छन् । विगत २० वर्षदेखि निरन्तर सेवा दिइरहेको बैंकले हाल आफ्ना एक सय ८१ शाखा सञ्जाल, एक सय ३९ एटीएम, २२ शाखारहित बैंकिङ एकाइहरूमार्फत आगामी दिनहरूमा पनि अत्याधुनिक एवं प्रभावकारी बैंकिङ सेवासुविधाहरू दिँदै जाने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया