Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक १५ सय ७१ बिन्दुमा

बजार परिसूचक १५ सय ७१ बिन्दुमा


काठमाडौं ।
यस साता सेयर बजार परिसूचक १५ सय ७१ दशमलव चार अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय १० दशमलव १५ अंकमा पुगेर रोकिएको छ ।

यस साता धितोपत्र बजारमा एक सय ९८ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार एक लाख ८९ हजार नौ सय ५१ पटकको कारोबारमा पाँच करोड २२ लाख २५ हजार तीन सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ११ अर्ब ४१ करोड ९६ लाख १५ हजार छ सय ८५ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो ।

गत साता भने धितोपत्र बजारमा एक सय ९९ वटा कम्पनीहरूको कारोबार भएका थिए । जसअनुुसार दुुई लाख ६१ हजार आठ सय ४९ पटकको कारोबारमा चार करोड चार लाख ७९ हजार चार सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम १२ अर्ब १५ करोड ४३ लाख ३९ हजार दुुई सय २३ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन नै खुला रहेको थियो । सोमध्ये पहिलो र अन्तिम कारोबार दिन बजार परिसूचक उकालो लागेको थियो भने बाँकी दिन ओरालो लागेको थियो ।

सोमध्ये पहिलो, चौथो र पाँचौँ दिन बजार परिसूचक उकालो लागेको थियो भने दोस्रो र तेस्रो दिन बजार परिसूचक ओरालो लागेको थियो । जसमध्ये पहिलो दिन बजार परिसूचक चार अंकले उकालो लागेर १५ सय ६५ दशमलव ५५ अंकमा चढेको थियो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव नौ अंकले उकालो लागेर तीन सय १० दशमलव ४७ अंकमा चढेको थियो ।

दोस्रो दिन भने बजार परिसूचक चार दशमलव ७३ अंकले ओरालो लागेर १५ सय ६० दशमलव ८३ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८७ अंकले ओरालो लागेर तीन सय नौ दशमलव ६० अंकमा झरेको थियो ।

तेस्रो दिन पनि बजार परिसूचक सात दशमलव २१ अंकले ओरालो लागेर १५ सय ५३ दशमलव ६२ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७९ अंकले ओरालो लागेर तीन सय सात दशमलव ८२ अंकमा पुुगेको छ । चौथो दिन पनि बजार परिसूचक तीन दशमलव १९ अंकले ओरालो लागेर १५ सय ५० दशमलव ४३ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६४ अंकले ओरालो लागेर तीन सय सात दशमलव १७ अंकमा झरेको थियो ।

अन्तिम कारोबार दिन भने बजार परिसूचक २० दशमलव ६१ अंकले उकालो लागेर १५ सय ७१ दशमलव चार अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९८ अंकले उकालो लागेर तीन सय १० दशमलव १५ अंकमा चढेको थियो ।

यस साता सोल्टी होटल लिमिटेड, हिमाल दोलखा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी आदिको बढी रकम कारोबार भएका छन् । कारोबार भएको सेयर संख्याका आधारमा भने यस साता सोल्टी होटल लिमिटेड, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, नेसनल हाइड्रोपावर कम्पनी आदि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया