कृषि विकास बैंकद्वारा मुुलपानीको फुयाँल गाउँमा शाखा विस्तार
काठमाडौं ।
कृषि विकास बैंकले काठमाडौँँ जिल्लाको मुलपानी फुयाँल गाउँमा पनि सुविधासम्पन्न आधुनिक बैंकिङ कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार कागेश्वरी नगरपालिकामा पूर्ण आधुनिक बैंकिङसहित नयाँ शाखाको रूपमा सेवा सञ्चालन शुभारम्भ गरिएको हो ।
सेवा शुभारम्भको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, काठमाडौँँ जिल्ला क्षेत्र नं. २ का प्रदेश सभा सदस्य मणिराम फुयाँल, कागेश्वरी नगरपालीकाका मेयर कृष्णहरि थापा, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू तथा नेपाली कांग्रेश क्षेत्र नं २ का क्षेत्रीय सभापति उपेन्द्र कार्की, कागेश्वरी मनोहरा न.पा. वडा नं. ६ का अध्यक्ष प्रकाश फुयाँललगायत स्थानीय विद्यालयका प्रधानाध्यापकहरू तथा भद्रभलादमीहरूको उपस्थिति रहेको थियो ।
कोभिड १९ कारणले औपचारिकरूपमा कार्यालयको उद्घाटन हुन नसके पनि न्यूनतम अपनाउनु पर्ने सावधानी अपनाई बैंकिङ सेवा सञ्चालनको शुभारम्भ भएको हो ।
उक्त अवसरमा कृषि विकास बैंकका प्रदेश कार्यालय वाग्मतीका प्रमुख सुन्दरप्रसाद खतिवडा, विभागीय प्रमुख अजयकुमार रिमाल, विभागीय प्रमुख तथा प्रवक्ता हिमलाल पौडल, कृषि विकास बैंक प्रदेश कार्यालय काठमाडौँँका छगेन्द्र आचार्यलगायत अन्य कर्मचारीहरूको समेत उपस्थित रहेको थियो । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया