Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको एक सय ११औं शाखा दाङको तुलसीपुरमा

सिटिजन्स बैंकको एक सय ११औं शाखा दाङको तुलसीपुरमा


काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दाङको तुुलसीपुरमा पनि शाखा विस्तार गरेको छ । बैंकले देशव्यापीरूपमा शाखा विस्तार गर्ने क्रममा शुक्रबारदेखि तुलसीपुर शाखा सञ्चालनमा ल्याएको हो । कोभिड १९ का कारण पर्नसक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले पूजा पाठ गरी दाङ जिल्लाको तुलसीपुर शाखा सञ्चालनमा ल्याएको हो । नेपाली जनमाझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहँुच प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त शाखा विस्तार गरेको हो ।

बैंकका अनुसार यो शाखामार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न रिटेल बैंकिङ सेवाअन्तर्गत नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरू प्रदान गर्नुका साथसाथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य लिइएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा ग्राहकहरूलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

विश्वभरि फैलिएको कोरोना भाइरसले सृजना गरेको विषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज तरिकाले ग्राहकसामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा नौ दशमलव ५० वार्षिक ब्याजदरमा एसएमई कर्जा (साना तथा मझौला कर्जा) नौ दशमलव ५० प्रतिशत वार्षिक ब्याजदरमा र मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १० दशमलव ९९ प्रतिशत वार्षिक ब्याजदरमा प्रवाह गर्ने योजना देशैभरि छरिएका बैंकका एक सय ११ शाखाहरूबाट सञ्चालनमा ल्याएको छ ।

बैंकले देशैभरि फैलिएका आप्mना एक सय १० वटा शाखा, ९९ वटा एटीएम र एक सय चारवटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब साढे छ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । विश्वका अधिकांश मुलुकहरू कोरोना भाइरसको महामारीबाट आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया