Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको एटीएम काउन्टर १८ नम्बर वाहिनीमा

सिटिजन्स बैंकको एटीएम काउन्टर १८ नम्बर वाहिनीमा


काठमाडौं, पुस ११
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुरको गाईघाटस्थित १८ नम्बर वाहिनी अड्डा, भुल्केमा एटीएम सेवा शुभारम्भ गरेको छ । श्री १८ नम्बर वाहिनीका वाहिनीपति सहायक रथी कृष्णप्रसाद सापकोटाले उक्त एटीएम सेवाको उद्घाटन गरेका हुुन् । उक्त एटीएम सेवाको सञ्चालनपश्चात् उक्त वाहिनी अड्डाका सैनिक तथा त्यस क्षेत्र वरपरका जनता तथा सेवाग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल ८५ वटा शाखा, ८५ वटा एटीएम र एक सय दुुई वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । यसका साथैै शाखाहरूसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाइजस्ता कार्यहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सातवटै प्रदेशमा प्रादेशिक कार्यालयहरूको स्थापना गरिसकेको छ ।

बैंकले आफ्ना ग्राहकहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x