माछापुच्छ्रे बैंकका ६ वटा नयाँ योजनाहरू सार्वजनिक
काठमाडौं ।
माछापुच्छ्रे बैंकले छवटा नयाँ स्र्माट सेवाहरू सञ्चालनमा ल्याएको छ । बैंकले २०औं वार्षिक उत्सवका अवसरमा छवटा स्मार्ट सेवाहरू तथा योजनाहरू सञ्चालनमा ल्याएको हो । बैंकले नेपालमा नै पहिलो पटक वी–च्याट वालेटको भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो ।
यसैगरी बैंकले ग्राहकहरूले क्यूआरकोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी एमबीएल स्मार्ट काउन्टरको पनि सुरुवात गरेको छ । बैंकले नयाँ स्मार्ट वेबसाइट पनि सुरुवात गरेको छ । ग्राहकहरूले स्मार्ट वेबसाइटमार्फत बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाइन आवेदन दिनसक्ने व्यवस्था मिलाएको बैंकले जाकारी दिएको छ ।,
बैंकले २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरूलाई लक्षित गरी विभिन्न २०–२० (ट्वान्टी–ट्वान्टी) अफरहरू सञ्चालनमा ल्याएको छ । यसैगरी बैंकले दरबारमार्ग र लाजिम्पाटमा ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै प्राइओर्टी काउन्टर पनि सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
यसैगरी बैंकले वार्षिकोत्सवको पूर्वसन्ध्यामा ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिकामा आफ्नो एक सय ६०औँ शाखा कार्यालय समेत सञ्चालनमा ल्याएको छ । बैंकको पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना एक सय ६० वटा शाखाहरू, एक सय ३३ शाखारहित बैकिङ सेवा, पाँचवटा एक्सटेन्सन, एक सय ९९ वटा एटीएमहरू सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया