Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाडौँद्वारा ग्रीन पिन सेवा सुरु

बैंक अफ काठमाडौँद्वारा ग्रीन पिन सेवा सुरु


काठमाडौं ।
बैंक अफ काठमाडौँं (बीओके)ले ग्रीन पिन सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो कार्डवाहक ग्राहकहरूलाई सहजरूपमा बैंकको कुनै पनि एटीएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रीन पिन सुविधा सञ्चालनमा ल्याएको हो ।

बैंकका अनुसार यो सुविधाबाट बैंकको नयाँ ग्राहकहरूले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डवाहक ग्राहकहरूले आफ्नो कार्डको पिन रिसेट गर्न सकिनेछ । नयाँ कार्डवाहक ग्राहकहरूले कार्ड बैंकबाट संकलन गरेपछि एटीएम गई सहजरूपमा कार्ड एटीएममा राखेर इन्टर योर ओटीपी मेनु छानी आफैंले पिन सेट तथा रिसेट गर्न सक्नेछन् । यसपछि कार्ड ग्राहकहरूले बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा छ अंक ओटीपी प्राप्त गर्नेछन् ।

उक्त मोबाइल नम्बरमा प्राप्त छ अंकको ओटीपी प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सकिने बैंकले जानकारी दिएको छ । बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा एक अर्ब ४७ करोड ५५ लाख ६९ हजार तीन सय ६१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ८९ करोड ६९ लाख ५६ हजार ३६ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी आठ अर्ब ५४ करोड ६८ लाख ८७ हजार चार सय १५ रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा ९२ अर्ब १० करोड ३२ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ९१ करोड ५२ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ५८ करोड २८ लाख ४४ हजार पाँच सय १८ रुपैयाँ खुुद व्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ३५ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ८८ करोड सात लाख ८५ हजार छ सय ४५ रुपैयाँ छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले ८२ अर्ब ७२ करोड २० लाख ३० हजार चार सय ४३ रुपैयाँ निक्षेप संकलन गरी ७० अर्ब ४७ करोड ६८ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ७७ करोड ९८ लाख ९१ हजार नौ सय १६ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५४ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया